ad ad

राजनीति


कांग्रेसभित्र ‘समान अवसर र न्यायका निम्ति’ शेखर समूहको चियापान (तस्बिरहरू)

कांग्रेसभित्र ‘समान अवसर र न्यायका निम्ति’ शेखर समूहको चियापान (तस्बिरहरू)

नेपालखबर
असोज १३, २०७९ बिहिबार ९:१८, काठमाडौँ

नेपाली कांग्रेस संस्थापन इतर समूह अर्थात् डा. शेखर कोइराला पक्षले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित उक्त कार्यक्रम  ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ। 

कार्यक्रममा डा. शेखर कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी भएका छन्। कार्यक्रममा शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, डा. मीनेन्द्र रिजाललगायत नेता सहभागी छन्। 

आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध कोइराला समूहले बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो। 

शेखर समूहको चियापानका केही तस्बिर

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .