नेकपा माओवादी केन्द्रले प्रवक्ता कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाएको छ।
माओवादी पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार महरा आफैंले नाम हटाउन भनेपछि समानुपातिकको सूचीबाट हटाइएको हो। ‘उहाँको नाम खस आर्यतर्फ १ नम्बरमा थियो,’ ढकालले नेपालखबरसँग भने, ‘मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’
माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो।
असोज १७, २०७९, साेमबार
प्रतिक्रिया