राजनीति


खड्क खत्रीको टिकट खोसिएपछि एमाले सुर्खेतले थाल्यो विद्रोह

खड्क खत्रीको टिकट खोसिएपछि एमाले सुर्खेतले थाल्यो विद्रोह

दिनेश बुढा
असोज २२, २०७९ शनिबार १४:१७, सुर्खेत

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा खड्कबहादुर खत्रीले टिकट नपाएपछि एमालेमा विद्रोह सुरु भएको छ। 

यस अघि एकल प्रदेश सभा सदस्यमा उम्मेदवारका लागि एकल सिफारिस भएका खत्रीको टिकट खोसिएको भन्दै विद्रोह थालिएको हो। 

जसमा सिफारिसमै नपरेका नेकपा एमालेका नेता डण्डीप्रसाद शर्मालाई केन्द्रीय पार्टी कमिटीले टिकट दिएको छ। 

शनिबार नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)को टिकट परिवर्तन तत्तकाल परिर्वतन गर्नुपर्ने निर्णय गरेको छ। 

नेकपा एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले उक्त क्षेत्रको टिकट परिर्वतन नभए निर्वाचन जिताउन नसकिने बताएका छन्। उनले हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेर एमाले केन्द्रीय कर्यालयलाई चिठी पठाएको जानकारी दिए।  

वीरेन्द्रनगरमा सुर्खेत अध्यक्ष विसीको अध्यक्षतामा बसेको बैठकले पार्टीको अन्तरपार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन बिपरित भएको ठहर गरेको छ। 

बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावली समेत नभएका र सधैं पार्टी अनुशासन उलङ्घन गरि पार्टीका विरुद्धमा सार्वजनिकरुपमा लागेका शर्मालाई उम्मेदवार बनाउदा आम कार्यकर्ता र मतदाताको भावना प्रतिकुल हुने निष्कर्ष निकालेको छ। 

साथै शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा असहमति प्रकट गरेको छ। 

खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकल नाम सिफारिस गरेको थियो। एकल रुपमा सिफारिस भएपछि उनी प्रचार–प्रसारमासमेत जुटिसकेका छन्।

यसअघि नेकपा एमाले जिल्ला अध्यक्षका लागि शर्मा र हालका अध्यक्ष विसीबीच चुनाव भएको थियो। अध्यक्षमा शर्मा पराजित भएका थिए।

शर्मा र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलबीच पनि सम्बन्ध बिग्रीएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .