राजनीति


भुसालले एमाले छाडेपछि रावलको टिप्पणी- के गर्ने, म पनि अध्ययन गर्दैछु

भुसालले एमाले छाडेपछि रावलको टिप्पणी- के गर्ने, म पनि अध्ययन गर्दैछु

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार १५:१३, काठमाडौँ

बिहीबार (२० असोज) देखि नै एमालेका दुई नेता लगातार सञ्चारमाध्यमहरुमा छाइरहेका छन्। 

दुई दिनदेखि मिडियाको ध्यान लगातार तानिरहेका गरिरहेका ती दुई नेता हुन्– भीम रावल र घनश्याम भुसाल।  

आफ्नो कठोर आलोचना गर्दै आएका दुई चर्चित नेतालाई आगामी निर्वाचनमा टिकट नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि फेरि रावल र भुसालको चर्चा चुलिएको हो। 

२०७४ को निर्वाचनमा आफूले विजय हासिल गरेको रुपन्देही–३ मा एमालेले उपाध्यक्ष दीपक बोहोरालाई सघाउने भएपछि एमाले स्थायी समिति सदस्य समेत रहेका भुसालले केही घण्टाअघि मात्रै एमाले परित्याग घोषणा गरिसकेका छन्।

एमालेभित्र भुसाल भन्दा पनि रावल अध्यक्ष ओलीको जब्बर आलोचक मानिन्थे। चितवनमा गत मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा रावलले अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी नै दिएका  थिए।

ओलीले टिकट नदिने पक्का भएपछि बरु भुसाल मौन थिए । मौन बसिरहेका भुसालको एमाले परित्यागको घोषणा आकस्मिक र आश्चर्यजनक थियो। 

रावलले भने ओलीको निर्णयको आधिकारिकता पर्खिरहेको जवाफ सञ्चारमाध्यमलाई दिएका थिए।

‘भुसालको एमाले परित्यागको घोषणापछि रावल के गर्लान्? भुसाललको निर्णयलाई उनले कसरी लिएका छन्?’ यसबारे एमाले र एमाले इतर दुवैतर्फ सर्वत्र चासो छ। 

‘घनश्यामजीजस्तै म पनि पार्टीबाट उम्मेदवार बन्न बञ्चित भएको व्यक्ति हुँ’, भुसालको एमालेबाट राजीनामालगत्तै आफ्नो योजनाबारे रावलले भने, ‘के गर्ने भन्ने कुरा अध्ययन गर्दैछु।’ 

‘घनश्याम भुसालको राजीनामाबारे तपाईं के भन्नु हुन्छ?’ नेपालखबरको प्रश्नमा एमालेका पूर्व उपाध्यक्ष रावलले ‘गलत निर्णय’ भन्न चाहेनन्। 

उनले यत्तिमात्रै भने, ‘यो उहाँको निर्णय हो, यसबारे मेरो नो कमेन्ट।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .