राजनीति


भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० नेताको राजीनामा

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० नेताको राजीनामा

फाइल फोटो


नेपालखबर
असोज २२, २०७९ शनिबार १५:३०, काठमाडौँ

नेकपा (एमाले) ले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि स्थानीय ४० जना नेताले सामूहिक राजीनामा दिएका छन्। 

क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले एमाले जिल्ला कमिटी अछामलाई सम्बोधन गर्दै पार्टीबाट सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा ३१ जिल्ला कमिटी सदस्य र अन्य मुख्य भूमिकामा रहेका ९ सहित ४० जना रहेका छन्। रावलले अछाम १ मा टिकट नपाएपछि त्यसको असर २ मा पनि देखिएको छ। 

अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनीहरुले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरे पनि केन्द्रले नमानेपछि विद्रोह गर्नुपरेको उल्लेख छ।

केन्द्रले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने उनीहरुले उल्लेख गरेका छन्।

रावलको नाम काटेर एमालेले क्षेत्र नं.१ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ। त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .