राजनीति


दाङमा भीआईपी नेतालाई चुनौती दिँदै तीन महिला उम्मेदवार

दाङमा भीआईपी नेतालाई चुनौती दिँदै तीन महिला उम्मेदवार

केशव सावद
असोज २३, २०७९ आइतबार १२:७, काठमाडौँ

दाङमा विभिन्न दलका प्रभावशाली नेताहरुलाई महिला नेतृहरु चुनौती दिँदै छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा तीन ठूला दलका प्रभावशाली नेताहरुलाई तिनै दलका नेतृहरु चुनौती दिन लागेका हुन्।

दाङ–१ मा सत्ता गठबन्धनका तर्फबाट सहरी विकासमन्त्री मेटमणि चौधरीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा नेकपा एमालेले नेतृ शान्ता चौधरीलाई उम्मेदवारका रुपमा अघि सारेको छ। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेकातर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दाङ–१ मा कांग्रेसको पक्षमा २९ हजार ७५७, एमालेको पक्षमा २७ हजार २५, नेकपा माओवादी केन्द्रको पक्षमा १९ हजार २७६ खसेको थियो।  

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले २ हजार ३५० र नेकपा एकीकृत समाजवादीले २ हजार ३४१ र जनता समाजवादी पार्टी ९जसपा० नेपालले ८०७ मत पाएको थियो। 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारले पाएको मत आधार मान्दा सत्ता गठबन्धनको पक्षमा ५१ हजार ३४७ मत देखिन्छ। 

आशन्न निर्वाचनमा दाङ–२ बाट एमालेले महासचिव समेत रहेका लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनले उनीविरुद्ध माओवादी स्थायी समिति सदस्य रेखा शर्मालाई खडा गरेको छ।  

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट माओवादी नेता कृष्णबहादुर महरा ४० हजार ४२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजु खनालले २५ हजार ८९७ मत प्राप्त गरेका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दाङ–२ बाट एमालेले ३३ हजार ५९३, कांग्रेस २३ हजार ३०१ र माओवादीले १० हजार ४७८ मत पाएका छन्। यस्तै राप्रपाको पक्षमा ३ हजार २६४, एकीकृत समाजवादीको पक्षमा २ हजार ९४२ मत खसेको थियो। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दाङ–२ मा सत्ता गठबन्धनको पक्षमा ३६ हजार ७२१ देखिन्छ। 
मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा दाङ–३ बाट सत्ता गठबन्धनले कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीलाई उम्मेदवार बनाएको छ। यो क्षेत्रमा एमालेले उनीविरुद्ध केन्द्रीय सदस्य कोमल वलीलाई अघि सारेको छ।   
२०७४ को निर्वाचनमा दाङ–३ बाट एमाले नेता हिराचन्द्र केसी ४० हजार २८७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उक्त निर्वाचनमा कांग्रेस नेता गिरीले ३३ हजार ७३० मत पाएका थिए। 

गत स्थानीय तह निर्वाचनमा दाङ–३ मा एमालेले ३८ हजार ६५८, कांग्रेसले ३० हजार ९८९ र माओवादीले १२ हजार ८८० मत पाएका छन्। यस्तै एकीकृत समाजवादीले १ हजार ९३८, राप्रपाले १ हजार ४४४ र जसपा १८२ मत ल्याएका छन्।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दाङ–३ मा सत्ता गठबन्धनको पक्षमा ४५ हजार ८०७ मत देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .