अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी प्रचारमा जुटेका छन्।
शाहीले सोमबार दिउँसो नेता थापासँगको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै चुनावी प्रचारप्रसार सुरु गरेका हुन्।
उनले फेसबुकमा महामन्त्री थापासँगै आफू उभिएको र अर्का नेता उदयशमशेर राणा एक्लैको तस्बिर पनि सेयर गरेका छन्।
'दूरदर्शी नेताहरु गगन थापा र उदय शमशेर समर्थन गर्दैछु', उनले भनेका छन्, 'उहाँहरुको नेतृत्वमा हाम्रो देशमा केही सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छौँ।'
शाही गत साउन २७ गते नेपाली कांग्रेस प्रवेश गरेका थिए। दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहीलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यता दिएका थिए।
111
Shares
प्रतिक्रिया