राजनीति


भीम रावलको दाबी : केपी ‌ओलीले चुच्चे नक्सा निकाल्न मानेका थिएनन्

भीम रावलको दाबी : केपी ‌ओलीले चुच्चे नक्सा निकाल्न मानेका थिएनन्

पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भीम रावल। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १४:३, काठमाडौँ

नेकपा एमालेका नेता भीमबहादुर रावलले भारतलले अतिक्रमण गरेको भूमिसहित संसदबाट नक्सा पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको दाबी गरेका छन्।

तत्कालीन अवस्थामा नेकपा कायमै रहँदा सत्ताको नेतृत्व गरेका ओलीले भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा निकाल्न ओलीले नमानेपछि दबाब दिनुपरेको उनले बताए। 

'भारतीय अतिक्रमणमा परेको भूमि समेटेर संसदबाट नक्सा पास गर्न ओली मानेका थिएनन्। उक्त नक्सा निकाल्नका लागि तत्कालीन नेकपाको सचिवालयले निर्देशन नै दिनुपरेको थियो', उनले भने, 'अर्कातिर संसदमा पनि हामीले दबाब दिएका थियौँ। पार्टी र संसदबाट पनि दबाब परेपछि ओली बाध्य भएका हुन्।'

रावलले रअ प्रमुख सामन्त गोयलसँग मध्यराति बालुवाटारमा ओलीले भेटेपछि नेकपाभित्र भाँडभैलो सुरु भएको पनि बताए। 

'सामन्त गोयलसँगको उक्त शंकास्पद भेटका कारण नेकपामा समस्या बढेको हो', उनले भने, 'दुईतिहाइको सरकार हुँदा पनि राष्ट्रहितविरोधी अनेक गतिविधि भएका थिए। जसको मैले विरोध गर्दा, संसदमा राष्ट्रहितको पक्षमा बोल्दा पार्टीको नियम तोडेको आरोप ओली गुटका मान्छेले लगाएर मलाई लखेटे।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .