राजनीति


प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो

प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो

नेपालखबर
असोज २७, २०७९ बिहिबार १७:५६, काठमाडौँ

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट नै सुरु गर्ने जनाएको छ।

बिहीवार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने जानकारी दिए। उनले समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने बताए। 

उनले भने, ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु हुन्छ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्वाचन आयुक्त भुसालले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको उल्लेख गरे।

उनले उम्मेदवार दिएको व्यक्ति योग्य हो वा होइन भन्ने कुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताए। 

उनले भने, ‘रुपन्देहीमा डा. निकोलस भुसालको उम्मेदवारी खारेज भएको छ। यो निर्णय त्यहाँको निर्वाचन अधिकारीले गरेको हो। उहाँले पनि कानून नै हेरेर गर्नुभएको होला । को उम्मेदवार कायम गर्ने र को उम्मेदवार खारेज गर्ने वा अयोग्य व्यक्तिहरु म योग्य छु भनेर त्यहाँ पेस भएकी भएनन् भनेर सम्पूर्ण हेर्ने क्षेत्राधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई नै हुन्छ। सम्बन्धित निर्वाचन अधिकृतले कोही व्यक्ति अयोग्य छ भनेर निर्णय गरिसकेको छ भने यो योग्य छ, यसरी गर भनेर हामीले भन्न मिल्दैन। आयोगले त्यस्तो भन्दैन।’

उनले कानूनी रुपमा उपचार खोज्न आएको खण्डमा भने आधिकारिकता आइसकेपछि अदालत वा निर्वाचन आयोगको क्षेत्राधिकार कुनमा पर्छ त्यही अनुसार कानूनी कारबाही हुने बताए। उनले न्यायाधीशहरु नै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरु भएको उल्लेख गर्दै प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काममा त्रुटी हुन नसक्ने जिकिर गरे।

उनले निर्वाचनका लागि कानूनमा अभ्यस्त भएको व्यक्तिलाई नै पठाएको भन्दै कानून, ऐन, नियम, आयोगले बनाएको निर्देशिका लगायत सम्पूर्ण कारबाही हेरेर नै निस्कर्ष निकालेकोमा आयोग विश्वस्त रहेको बताए।

निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरुको कोषबाट रकम बुझ्ने व्यक्तिहरुलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको थियो। उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .