राजनीति


गोरखा पुगेर घुँक्कघुँक्क रोए प्रचण्ड

गोरखा पुगेर घुँक्कघुँक्क रोए प्रचण्ड

गोरखामा आयोजित कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रचण्डको फेसबुकबाट


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १८:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा रोएकाछन्। 

गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आफू गोरखामा आउनुपर्ने कारणबारे व्याख्या गर्ने क्रममा भक्कानिँदै रोएर आँसु बगाएका हुन्। 

चितवन ३ छाडेर गोरखा आउनुर्ने कारणबारे व्याख्या गर्दा गर्दै उनी घुँक्कघुँक्क गर्न थाले।

चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आएपछि माओत्सतुङ विरक्तिएर एकपटक चिनकाङसाङ फर्किएको घटना सुनाउँदै उनी कार्यकर्तामाझ घुँक्कघुँक्क गरे।

उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न, नयाँ आन्दोलनको तागत लिन चिनकाङसाङ पुगेको पनि उनले सुनाए। 

‘अहिले म पनि अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ,’ उनले भने, 'ऊर्जा बटुल्न यहाँ आएको हुँ।'

दाहालले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर लुकाउन नसकिने बताए। उनले नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखामा चुनाव लड्न लागेको पनि तर्क गरे।

गोरखामा कार्यकर्तामाझ उनले आफ्नो युवाउमेर बितेको, जनयुद्धको थालेको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वार्टर भएको रखालाई चिनकाङसाङको संज्ञा दिए। 

उम्मेदवारी मनोनयनपछि चुनावी प्रचारचका लागि पहिलो पटक पुगेका उनी यति व्याख्या गरेर धेरैपटक रूँदै कार्यकर्ता फकाउने कोसिस गरे।

अबको आन्दोलन शान्तिपूर्ण हुने उनको तर्क थियो। संसदवादी दलमा माओवादी मात्रै भ्रष्टाचारमुक्त रहेको उनले दाबी गरे। 

दाहालले माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारमुक्त नभएको बताउँदै आफू भने त्यसबाट परै रहेको तर्क गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .