नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि अहिलेसम्म ९ जनाले आफ्नो धारणा राखेका छन्।
अहिलेसम्म वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा, गणेश शाहले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदनमाथि आलोचनात्मक र सुझाव सहितको धारणा राखेका छन्।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा संयुक्त रुपमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरिएको थियो।

प्रतिक्रिया