राजनीति


प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी, स्वतन्त्र ८ सय ६७

एमालेका सबैभन्दा बढी उम्मेदवार : राप्रपा दोस्रो, रवि तेस्रो
प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी, स्वतन्त्र ८ सय ६७

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ९:१, काठमाडौँ

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सो संख्यामा उम्मेदवारी दर्ता भएको हो। 

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याकं अनुसार नेकपा एमालेले १४१, नेपाली कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। 

यसरी हेर्दा राजनीतिक दलहरुमध्ये सबैभन्दा बढी ठाउँमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। 

त्यस्तै, राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० ठाउँमा आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगको तथ्याकंमा उल्लेख छ। यो सँगै राप्रपा एमालेपछिको दोस्रो धेरै ठाउँमा उम्मेदवारी दर्ता गराउने दल बनेको छ। 

त्यस्तै, संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ। सो दलले प्रदेशसभा  सदस्य निर्वाचनका लागि भने उम्मेदवारी दर्ता गराएको छैन्। प्रतिनिधिसभाको कुल १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ ठाउँमा उम्मेदवारी दर्ता गरेर तेस्रो बनेको छ।

हेर्नुहोस्, कुन दलबाट कति उम्मेदवारी?


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .