राजनीति


माधव नेपाल भन्छन् : कार्यकर्तामा किन उत्साह नदेखिएको?

माधव नेपाल भन्छन् : कार्यकर्तामा किन उत्साह नदेखिएको?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १२:५८, विराटनगर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तामा उत्साह नदेखिएको भन्दै निराशा व्यक्त गरेका छन्। 

लोकतान्त्रिक वाम गठबन्धन्को भेलामा नेपालले प्रश्न गरे, ‘किन होला भोक लागेर हो कि मन कुँडिएर हो – नेताहरूलाई उत्साह भरेको पाइनँ।’ 

माओवादी र आफूले विद्रोह नगरेको भए केपी ओलीलाई पछार्न कसैले नसक्ने दाबी उनले गरे। 

उनले भने, ‘गलत मान्छेको हातमा नेतृत्व गएकाले यसबाट देशलाई जोगाउन नयाँ गठबन्धन भएको हो।’

उनले आफूहरूले गरेको कामको गुन सम्झनुपर्ने बताए। 

अध्यक्ष नेपालले भने, ‘मनमा गुनासो होला तर नेपालको राजनीतिको समस्या हो। यसका बारेमा पछि समीक्षा गरौंला गुनासो भएपछि सम्बोधन हुने छ।’

उनले आफूहरूको गठबन्धन परिवर्तनकारी भएको र अर्को गठबन्धन प्रतिगामी भएको आरोप लगाए। उनले प्रतिगामी गठबन्धनलाई सम्झिएर पनि परिवर्तनकारी गठबन्धनका पक्षमा मत हाल्न आग्रह गरे।

उनले विरोधीहरूले गर्ने भ्रमात्मक कुराको तथ्यका आधारमा खण्डन गरेर अघि बढ्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .