नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाली सत्तारुढ पार्टी जनता विभुक्ति पेरामुना (जेभीपी)का महासचिव तिल्भिन शिल्भाबीच भेटवार्ता भएको छ।
श्रीलंका भ्रमणमा रहेका संयोजक प्रचण्ड शनिबार दिउँसो कोलम्बोस्थित जेभीपी कार्यालय पुगेका थिए। जेभीपीकै कार्यालयमा प्रचण्ड र शिल्भाबीच भेटवार्ता भएको हो।

द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र श्रीलंकाको आपसी हित, दुई पार्टीको सम्बन्ध सुधारका विषयमा छलफल भएको जनाएको छ। यससँगै श्रीलंकाको कम्युनिस्ट आन्दोलन, एसियाली समाजवादी पार्टीबीचको एकता र सहकार्यको विषयमा पनि छलफल भएको भ्रमण दलमा सहभागी नेकपा नेता माधव पन्तले बताए।
त्यस्तै, कम्युनिस्ट दलबीचको सहकार्य र साझा गन्तव्यका विषयमा छलफल भएको उनले बताए। छलफलमा दुवै दलका प्रतिनिधि सहभागी थिए।
यसअघि पार्टी कार्यालयमा महासचिव शिल्भाले संयोजक प्रचण्डलाई स्वागत गरेका थिए।

Shares

प्रतिक्रिया