राजनीति


बाबुराम भन्छन् : चर्को घाममा रुखको छायामुनि बसेर चिया पिउँदा आनन्द आउँछ (भिडिओ)

बाबुराम भन्छन् : चर्को घाममा रुखको छायामुनि बसेर चिया पिउँदा आनन्द आउँछ (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १३:२८, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चर्को घाम लागेका बेला गठबन्धनका दलहरु रुखको छायामुनि बस्न आइपुगेको बताएका छन्। 

सत्ता गठबन्धनको बागमती प्रदेशस्तरीय भेलालाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

बाबुराम नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव लडिरहेको छ। यस्तोमा उनले रुखमा भोट हालिरहेकाले हँसिया हथौडामा कसरी हाल्ने भन्ने भएको बताउँदै अब यसमा अल्मलिन नहुने पनि बताएका छन्। 

उनले नेकपा एमालेको चुनाव चिह्न सूर्यतिर लक्षित गर्दै चर्को घाम लागेका बेला रुखको छहारी खोज्नु स्वभाविक भएको तर्क पनि गरेका छन्। 

'चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी ठूलो रुखको छायाँमा बसेर चियाको कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर भोट हाल्नुस्', उनले कार्यकर्ता भेलाका क्रममा भने।  

भट्टराईले आफूहरुको गठबन्धन पवित्र भएको पनि तर्क गरेका छन्। ' यो गठबन्धनले आफ्नै मौलिक विकासको मोडेल ल्याउनुपर्छ। यो अपवित्र होइन, सबैभन्दा पवित्र गठबन्धन हो', उनले भने, 'एमालेले विचारविहीन ढंगले राजावादी र दक्षिणपन्थीसँग मिलेर बनाएको गठबन्धन अपवित्र हो। उग्रराष्ट्रवादका कुरा गर्ने एमालेको गठबन्धन अपवित्र हो।' 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad