राजनीति


पृथ्वीनारायण शाहलाई सम्झँदै माधव नेपालले भने– ‘साना दुःखले आर्ज्याको मुलुक होइन’

पृथ्वीनारायण शाहलाई सम्झँदै माधव नेपालले भने– ‘साना दुःखले आर्ज्याको मुलुक होइन’

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधव कुमार नेपाल।


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १३:३८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पृथ्वी नारायण शाहले ‘साना दुःखले आज्र्या मुलुक होइन्’ भनेजेको जस्तो आफूहरुको गठबन्धन पनि यहाँसम्म आइपुग्नु सामान्य नभएको बताए।  

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। ‘यो साना दुःखले आज्र्या मुलुक होइन भनेर पृथ्वीनारायण शाहले भनेजस्तो नेपाललाई पनि यहाँसम्म ल्याउन सानो थिएन्,’ नेपालले भने, ‘निकै कीर्तिमान बनाउँदै हामीले, पछिल्लो चरणमा चुनौतीको सामना गर्दै ठूलो परिवर्तन गरेका हौं।’ 

उनले आफूहरुको गठबन्धन पवित्र उद्देश्यका साथ स्थापित भएको भन्दै अहिलेको आवश्यक्ता रहेको बताए। 

‘हुन त ०७४ को चुनावमा त्यतिबेला दुईवटा वाम पार्टीहरुबीच सहकार्य थियो। जनताले झण्डै दुईतिहाईको मत दिए। राम्रो काम गर्छन् भन्ने ठानेर मौका जनताले दिएका थिए,’ नेपालले अघि भने, ‘दुई तिहाईको मत आउन भनेको अपवाद जस्तो हो, कहीँ कहीँ कहिले मात्र हो। लोकतन्त्र र मान्यतालाई कुल्चने काम सुरु भयो। गणतन्त्रलाई जोखिममा पुर्याउने र संघीयतालाई समस्या बनाउने हो कि भन्ने सम्म पनि भयो।’

एमाले अध्यक्ष केपी शर्मा ओलीतिर इंगित गर्दै संविधान, देश र पार्टीभन्दा पनि आफूलाई माथि ठान्ने काम गरेको नेपालले बताए। ‘शक्तिको मातले उसले कसैलाई टेर्दैन्,’ नेपालले भने, ‘उसले कसैलाई मान्दैन र संविधानमाथि ठान्छ भने त्यो भन्दा समस्या भएको मान्छे अरु हुँदैन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad