नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एकै दलको बहुमत नहुने अबस्थामा गठबन्धन बनेको बताएका छन्।
सोमबार नेपाल प्रेस युनियनले काठमाडौं ब्यांक्वेटमा आयोजना गरेको चाडवाडको शुभकामना कार्यक्रममा प्रवक्ता महतले एकै दलको बहुमत आउने स्थिती नभएकाले गठबन्धन गरिएको र गठबन्धन दलबीच समान धारणा रहेको दाबी गरे।
उनले बहुमत जितेर संविधना रक्षा र अपुरा कुरा पूरा गर्न कांग्रेसको जिम्मेवारी बाँकी रहेको बताए।
‘चुनाव एकैपटक हुँदै छ ३३० प्रदेश र १६५ क्षेत्रमा। निर्वाचनमा हामी सहभागी हुँदैछौँ। बहुमत जितेर संविधान रक्षा गरेर अपुरा कुरा पूरा गर्न कांग्रेसको जिम्मेवारी बाँकी नै छ’ उनले भने, ‘९१ सिटमा हामी निर्वाचन लड्दैछौँ। प्रदेशमा पनि त्यसरी नै गठबन्धन गरेका छौँ।’
उनले संविधान बचाउने जिम्मा कांग्रेसकाे काँधमा आएकाे बताए। तत्कालिन प्रधानमन्त्री केपी ओलीले अस्तव्यस्त बनाएको राज्य संरचना कांग्रेस नेतृत्वको सरकारले सुधार गरेको दाबी पनि गरे।
‘ओलिजीले संविधान लत्याउनु भयो। राज्य संरचना व्यक्तिवादी बनाउन खोज्नु भयो। भित्रैबाट बिद्रोह सुरु भयो’ उनले भने, ‘उडन्ते कुरा धेरै भयो, कल्पनाका कुरा धेरै भए। कोभिडका मुस्किलहरु सामना गर्न पर्यो। परराष्ट नीति अस्तब्यस्त थियो। कांग्रेसको सरकार आएपछि सुधार भयो। साढे तीन वर्ष एकातिर एक वर्ष एकातिर भयो। स्थानीय चुनाव सहि ढंगले गरियो।’
उनले अझै लोकतान्त्रिक व्यवस्था स्थायित्व गर्ने कि अस्थिरताको भूमरीमा फसाउने फैसला मंसिर ४ मा हुने बताए।
Shares
प्रतिक्रिया