ad ad

राजनीति


प्रदीप यादवको दाबी : पर्साको चारै क्षेत्र एमाले-जसपा गठबन्धनले जित्छ

प्रदीप यादवको दाबी : पर्साको चारै क्षेत्र एमाले-जसपा गठबन्धनले जित्छ

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार ९:३६, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले पर्साका चारै संघीय निर्वाचन क्षेत्र नेकपा एमाले-जसपा गठबन्धनले जित्ने दाबी गरेका छन्।

पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले बुधबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्। 

पर्साको पोखरीयामा जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपवित्रको संज्ञा दिए। 

उनले उक्त गठबन्धनमा चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका हुन्।

जसपा–एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले कांग्रेस र माओवादी  केन्द्रको जसपालाई सिद्याउने चक्रव्युह तोडन सफल भएको बताए। 

यादवले जसपाको अस्तित्वलाई सिद्याउन खोज्ने कांग्रेस र माओवादीको षडयन्त्र बिफल पार्न जसपाले एमालेसँग चुनावी गठबन्धन गर्नु परेको स्पगष्ट पारे।

‘सत्तागठबन्धनमा रहँदा कांग्रेस र माओवादीले थोरै सिट दिएर चुनावमा जसपाले थ्रेसहोल्ड नकटाओस्, राष्ट्रिय दल बन्न बञ्चित होस भनेर सिद्याउने षडयन्त्र गरेका थिए', उनले भने, 'तर जसपा अध्यक्ष उपेन्द्र यादवले समय छँदै तिनको षडयन्त्र थाहा पाएर एमालेसँग चुनावी गठबन्धन गर्नु भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .