ad ad

राजनीति


३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, बिमा रकम १० लाख पुर्‍याइने

‘सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल’
३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, बिमा रकम १० लाख पुर्‍याइने

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार ११:४४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्। 

संकल्पपत्र नाम दिइएको घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने बताइएको छ। 

त्यस्तै, ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने बताइएको छ। 

‘गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सवैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणाली’ उपशीर्षकमा कांग्रेसले भनेको छ, ‘३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ।’

बिमा रकमको दायरा बढाई १० लाख पुर्याइने पनि कांग्रेसले बताएको छ। 

५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। 

एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड अनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सक सहितको प्राथमिक अस्पताल, सबै उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरू सहितको अस्पताल संचालन गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .