राजनीति


यस पटक मतगणनास्थललाई ताराजालीले नघेरिने, सीसी क्यामेरा राखिने

यस पटक मतगणनास्थललाई ताराजालीले नघेरिने, सीसी क्यामेरा राखिने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १७:१३, काठमाडौँ

मंसिर ४ को निर्वाचनपछि निर्माण गरिने मतगणनास्थलमा निर्वाचन आयोगले तारजाली नराख्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यो पटक आयोगले मतगणनास्थलमा तारजाली नलगाउने बुधबार बताएका हुन्। 

आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले मतगणनास्थलमा तारजाली नलगाइने बताउँदै सीसीटीभी क्यामेरा भने जडान गरिने उल्लेख गरे।

मतपत्र र मतगणनास्थलको सुरक्षाका लागि सबै ठाउँमा सीसी क्यामेरा जोडिने उनले जानकारी दिए। 

'निर्वाचन बिथोल्न हुन सक्ने गतिविधिको नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ', उनले भने, 'मतगणनास्थलमा तारजाली राख्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद् नभएकाले त्यस्तो दुरावस्थाबाट माथि उठ्न आग्रह गर्छु।'

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरका लागि माओवादी उम्मेदवार रेनु दाहाललाई जिताउन मतपत्र च्यातेर चपाइएको थियो।

त्यसबेला एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता बनाएपछि मतगणनास्थलमा बसेका माओवादीका प्रतिनिधिले मतपत्र चपाएका थिए। 

त्यही घटनादेखि देशभरका मतगणनास्थलमा सुरक्षाका लागि भन्दै तारजाली हालिन थालिएको हो। तारजाली हालेपछि दलका प्रतिनिधिलाई बाहिर राखेर मत गनिने गरिन्थ्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .