कारोबार


भायनेट कम्युनिकेसनले आईपीओ जारी गर्ने

भायनेट कम्युनिकेसनले आईपीओ जारी गर्ने

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १७:२१, काठमाडौँ

भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। 

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ।

सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर टू द होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गरेको थियो। 

त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरू मध्य एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको थियो।

आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्‍यो। जसअनुसार भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच(अप टिभी जस्ता सुविधा तथा सेवाहरू मार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भएको थियो ।

भायानेट आजको दिनमा देशका ३० सहरमा विस्तारित भईसकेको छ। आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad