ad ad

राजनीति


जुम्लामा एकीकृत समाजवादीको सिंगो कमिटी एमालेमा समाहित हुँदै

एमाले जिल्ला इन्चार्ज भन्छन्-७० प्रतिशत कमिटी आउँछ
जुम्लामा एकीकृत समाजवादीको सिंगो कमिटी एमालेमा समाहित हुँदै

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपाने


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १२:२७, सुर्खेत

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जुम्ला जिल्ला कमिटी सोमबार नेकपा एमालेमा समाहित हुने भएको छ। 

निर्वाचनको मुखमै जुम्लामा सिंगो समाजवादीको कमिटी नै एमालेमा समाहित हुने भएपछि तंरग उत्पन्न भएको छ। 

एमाले जुम्लाकाअनुसार नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा हुनेछ।

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको घोषणा गरिने भएको हो।

एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले हिजो अस्तिदेखि हामीले निरन्तर बसाईँबाट एउटा निर्णयमा पुगेर पार्टी समायोजन गर्ने लागेको बताए।

‘१२ बजेपछि पार्टी कार्यालयमा पत्रकारहरुलाई बोलाएका छौँ। तर, सबै कुरा १ बजेसम्म आउँछ', उनले भने, 'उहाँहरुको समायोजनको माग छ। तत्काल समायोज हुँदैन, निर्वाचनपछि सबैजनालाई हामीले पार्टीमा प्रवेश गराउछौँ।’

यस्तै, एमाले जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रतननाथ योगीले दुई पार्टीबीच समायोज हुने कुरा साँचो रहेको पुष्टि गरे। 

‘चुनावी प्रचारमा सिँजातिर छु। भोलिमात्रै फर्किन्छु होला। आज दुवै पार्टीका अध्यक्षहरुले एउटा समायोजन भएको साँझा प्रेस विज्ञप्ति निकाल्नु हुन्छ', उनले भने, 'भोलि पार्टी कार्यालय म गएर उनिहरुलाई स्वागत गर्ने काम हुनेछ। बाँकी सबै मिलाउँने काम मिलाएकै छु।’

एमालेका केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज योगीले समाजवादी पार्टीको करिब ७० प्रतिशत कमिटी एमालेमा समायोजन हुने दाबी गरे। 

‘६ जना पदाधिकारीमा ४ जना आज नै आउँछन्, बाँकी विभिन्न शिक्षक संगठन, कर्मचारी संगठन लगायत भातृ संगठनका अधिकांश जनवर्गीय कमिटी गरी ७० प्रतिशत एमालेमा आउनुहुन्छ,’ उनले भने। 

यता समाजवादीले पार्टीबाट केही नेताहरु टुक्रिए मात्रै जाने हल्ला भएको दाबी गरेको छ। 

एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार योगीसँगै प्रदेशसभा (१) मा धीरेन्द्रराज गिरी र प्रदेशसभा (२) मा टेकराज पछाई उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .