ग्लोबल


एलन मस्क र ट्विटरका संस्थापक ज्याक डोर्सीबीच रोचक जुहारी

एलन मस्क र ट्विटरका संस्थापक ज्याक डोर्सीबीच रोचक जुहारी

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १२:५६, काठमाडौँ

ट्विटरका नयाँ मालिक एलन मस्क र यसका संस्थापक ज्याक डोर्सीबीच ट्विटरमै चाख लाग्दो दोहोरी चलेको छ।

यी दुवैजना ट्विटरको उद्देश्य र कम्पनीका लागि प्रयोग हुने शब्दावलीलाई लिएर विवादमा उत्रिएका हुन्।

एलन मस्कले सबैभन्दा पहिले ट्विट गरे, 'ट्विटरलाई दुनियाँबारे जानकारी दिनका अहिलेसम्मको सबैभन्दा सटिक सोर्स बन्न जरुरी छ। यही हाम्रो मिसन हो।'

यसको जवामा ट्विटरका संस्थापक ज्याक डोर्सीले मस्कलाई मेन्सन गर्दै उत्तर दिए, 'कसका अनुसार सटिक?'

यसबारेमा मस्कले जवाफ दिएका छन्। 'ट्विटरका प्रयोगकर्ताका अनुसार जसलाई उनीहरुले कम्युनिटी नोट (पहिले बर्डवचको नामबाट जान्दथे) मार्फत बताउँछन्।'

यसमा पनि डोर्सीले जवाफ दिएका छन्। 'मलाई अहिले पनि लाग्छ, कम्यूनिटी नोट भन्दा ‘बर्डवाच’ धेरै राम्रो नाम हो। हाम्रो उद्देश्य ‘अधिक सूचना दिने प्लेटफर्म’ चाहिन्छ', उनले भनेका छन्। 

यसलाई लिएर पनि मस्कले जवाफ दिएका छन्। 'बर्डवच नाम मलाई मन परेन', उनले भने। 

फेरि डोर्सीले मस्कलाई उत्तर दिएका छन्। 'कम्युनिटी नोट फेसबुकको तर्फबाट प्रयोग गर्ने एक दमै राम्रो नाम हो', उनले भनेका छन्। 

यो बहस यतिमै रोकिँदैन। मस्क डोर्सीको ट्वीटको जवाफ दिँदै अगाडि लेख्छन्, 'हरेक नाममा ‘बर्ड’शब्द हुनुपर्ने जरुरी छैन। कयौँ धेरै बर्ड-ग्रुप ट्विटरभित्र पनि एक-अर्कासँग लडिरहेका छन्। यो एङ्ग्री बर्ड हो।'

जबदेखि एलन मस्क र ट्विटरबीच सम्झौता भयो तबदेखि हरेक दिन मस्क ट्विटरलाई लिएर नयाँ नयाँ जानकारी दिइरहेका छन्।  

बितेका दिन केही देशमा ट्विटरले ग्राहक बन्नुपर्ने नयाँ विधि सार्वजनिक गरेको छ। मस्कले हरेक भेरिफाइड एकउन्टले ८ डलर शुल्क तिर्नुपर्ने उनले बताएका छन्। 

यसका अलावा मस्क मालिक भएर आएपछि कयौँ उच्चदेखि तल्लो तहकासमेत कर्मचारीलाई हटाइएको छ। जसमा धेरैजसो भारतीय कर्मचारी पनि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .