राजनीति


प्रधानमन्त्री बन्न मरिहत्ते गरेको छैन, अवसर पाए छाड्दिनँ : प्रचण्ड

प्रधानमन्त्री बन्न मरिहत्ते गरेको छैन, अवसर पाए छाड्दिनँ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १२:५८, काठमाडौँ

मंगलबार कर्णाली प्रदेशका तीन जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल चाहल ‘प्रचण्ड’ काठमाडौँबाट सुर्खेततर्फ उडे।

प्रचण्ड सवार हेलिकप्टर सुर्खेत आउने क्रममा मौसम खराबका कारण सल्यान खलंगामा आकस्मिक अवतरण भयो। केही समय सल्यानमा रहेका अध्यक्ष प्रचण्डले सल्यानका पत्रकारहरुसँग संक्षिप्त कुराकानी पनि गरेका छन्। 

उनले पत्रकारसँग छोटो कुराकानी गर्दै आम निर्वाचनपछि गडबन्धनकै सरकार बन्ने तर, आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने दाबी गरे। तर, अवसर आपपछि आफू पछि नहट्ने भने बताए। 

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ। अहिले प्रधानमन्त्री को बन्छ भन्नेमा हाम्रो सहमति भएको छैन्। तर, म प्रधानमन्त्रीकै लागि मरिहत्ते गर्दिनँ। यदी प्रधानमन्त्री लिने अवसर आएपछि पछि पनि हट्दिनँ।’

यस्तै, प्रचण्डले प्रतिगमनबीच मंसिर ४ मा ठुलो ब्याटल हुन लागेको उल्लेख गरे। एमाले सहितका अन्य दलहरुको गठबन्धन प्रतिगमनको भएको र कांग्रेस र आफू सहितका दलहरुको गठबन्धन अग्रगमन भएको दाबी गरेका छन्।

के के छन् कर्णालीमा कार्यक्रम?
सल्यानबाट प्रचण्डले यतिबेला जुम्लामा पुगेका छन्।

आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जुम्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जुम्ला पुगेका हुन्। कर्णाली प्रदेशका तीन जिल्लाका विभिन्न पाँच स्थानमा हुने वाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गर्न अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्का पनि जुम्ला पुगेका छन्। 

जुम्लाको शेरा खेत र सिंजामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गरेर प्रचण्ड हुम्लाको सर्केगाडमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।

त्यसपछि प्रचण्डले कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .