ad ad

राजनीति


राप्रपाले २५ गते बसन्तपुरमा चुनावी सभा गर्ने

राप्रपाले २५ गते बसन्तपुरमा चुनावी सभा गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ९:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ। आगामी २५ गते हुने उक्त सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ। 

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो।

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ।

राप्रपाले कार्तिक २४ गते एकैदिन ६ वटा सभा आयोजना गरेको छ। अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .