नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरे मात्र मतदान गर्न आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८ औँ जन्मजयन्तिका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भविष्यलाई हेरे मतदान गर्नपर्ने बताए। ‘मतदान भनेको भविष्यको भलाइका लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला,’ उनले भने।
कार्यक्रममा उनले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए।
‘६० बर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा बिताउनुभएको थियो,’ उनले भने।
27
Shares
प्रतिक्रिया