अभिनेत्री रिस्ता बस्नेतको फिल्म ‘पासो’ मंसिर १६ गते रिलिज हुने भएको छ। ‘मंसिर ४ मा चुनावी चासो, मंसिर १६ मा पासो’ नारासहित फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो।
रिस्ताले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा आरबी पुनको लेखन तथा निर्देशन छ।
फिल्ममा भगवान भुजेलले लगानी गरेका छन्।
बी.आर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता हुन्।
कन्टेन्ट थ्रिलर कथामा निर्माण भएको फिल्ममा रिस्ताका साथमा सुनिशा बजगाईं, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशले शिर्ष भूमिकामा अभिनय गरेका छन्।
12
Shares
प्रतिक्रिया