कला


निर्मातालाई मुनाफा दिने अभिनेता

निर्मातालाई मुनाफा दिने अभिनेता

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार ९:४४, काठमाडौँ

अनमोल केसी नेपाली फिल्म उद्योगका महँगा अभिनेता हुन्। उनी एउटै फिल्मको पारिश्रमिक ५० देखि ६० लाखसम्म लिन्छन्। यो रकम नेपालका लागि महँगो हो। तर यति ठूलो रकम दिएर पनि अनमोललाई आफ्नो  फिल्ममा खेलाउन भने सजिलो छैन। उनी थोरै फिल्ममा मात्रै काम गरिरहेका हुँदैनन्। 

अनमोलले अभिनय गरेका फिल्मले प्राय: मुनाफा कमाउने गरेका छन्। त्यसैले पनि निर्माता उनलाई लिएर फिल्म बनाउँन चाहान्छन्।

सार्वजनिक ठाउँमा पनि कर्म मात्रै देखिने यी अभिनेतालाई भेट्न अन्य मानिसलाई पनि त्यत्ति सहज छैन। उनी सामाजिक सञ्जालतिर पनि कमै मात्रै भेटिन्छन्। पातलो रुपमा सञ्जालमा अपडेट गर्ने केसी आफ्ना व्यक्तिगत कुरा पोस्ट गर्दैनन्। त्यसैले पनि उनलाई दर्शकले पर्खिरहेका हुन्छन्। 

उनै अनमोलले अभिनय गरेको फिल्म ‘छड्के २’ प्रदर्शनका लागि तयार हुँदै छ। फिल्मको केही दृश्य छायांकन हुन बाँकी हुँदै ८० लाख मूल्यमा डिजिटल अधिकार बिक्री भएको बताइएको छ। यस्तै वितरक सुनिल मानन्धरले १ करोड ६० लाखमा फिल्म किनेको खबर पनि सार्वजनिक भएको छ। फिल्मको ओभरसिज राइट्सका लागि पनि राम्रै रकम डिल भैरहेको छ। समग्रमा हेर्दा फिल्मले रिलिजअघि नै लगानी सेभ गर्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .