दयाहाङ राई र मिरुना मगर फेरि एकसाथ देखिने भएका छन्। गतवर्ष ‘जारी २’ मा देखिएका चर्चित जोडीले अब नयाँ फिल्म ‘रातो घेरा(द रेड सर्कल)’ मा पुनः स्क्रिन सेयर गर्दैछन्।
विश्राम फिल्मस् प्रा. लि.को निर्माणमा बन्न लागेको यो चलचित्रलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्नेछन्। निर्माण टिमका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ।
दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय निकै रुचाइएका र सर्वाधिक चर्चित अन–स्क्रिन जोडीमध्ये एक हो। ‘कबड्डी ४’ एकसाथ देखिएका उनीहरू ‘जारी’ मा पनि जोडीको रुपमा देखिएका थिए। जसबाट उत्कृष्ट केमेस्ट्रीले बक्स अफिसमा ठूलो सफलता हासिल गर्नुका साथै दर्शक तथा समीक्षक दुवैबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।
यही सफलताको कारणले गर्दा यो जोडी पुनः एकसाथ देखिन लागेको खबर सार्वजनिक भएसँगै ‘रातो घेरा’ प्रति दर्शकमाझ प्रतिक्षित बनेको छ। फिल्म ‘ऊनको स्वीटर’ बाट अभिनेत्री मिरुना मगरले केही दिनअघि मात्रै नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।
निर्माण पक्षका अनुसार यो चलचित्रलाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ। साथै अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले चलचित्रलाई थप प्रभावशाली बनाउने विश्वास छ। साथै, चलचित्रमा रहने अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाइएको छ।
Shares

प्रतिक्रिया