राजनीति


विनोद चौधरीलाई नयाँ ठाउँको तनाव, हृदयेश त्रिपाठीलाई परिवर्तनको डर

विनोद चौधरीलाई नयाँ ठाउँको तनाव, हृदयेश त्रिपाठीलाई परिवर्तनको डर

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १०:०, काठमाडौँ

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ। कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ। 

निर्वाचन क्षेत्र नं १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने छन्। उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन्। त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा छन्। चौधरी लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत हुन्। 

त्यस्तै त्रिपाठीले नेकपा एमालेको समर्थनमा उम्मेदवारी दिएका हुन्। यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उनले निर्धक भएर  ‘म चुनाव जित्दैछु’ भन्न सकेका छैनन्। 

यस्तै यो क्षेत्रबाट लामो समयदेखि राजनीति गरिरहेका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा छैनन्। मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँचपटक विजय हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य छन्। 

विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी भएका थिए। अहिले उनी आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावमा होमिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .