राजनीति


सत्तागठबन्धनले जितेमात्रै नागरिकता समस्या हल हुन्छ : विमलेन्द्र निधि

सत्तागठबन्धनले जितेमात्रै नागरिकता समस्या हल हुन्छ : विमलेन्द्र निधि

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १७:४०, काठमाडौँ

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तागठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्। 

नेपाली कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। 

निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर अहिलेको गठबन्धनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

४ मंसिरको चुनाबपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यहि सरकारले नागरिकता बिधेक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्ने उनको भनाइ थियो। 

नेता निधिले चुनाबमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिलयै पनि हल नहुने उल्लेख गरे।

कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्ब राज्यमन्त्री कलावती पासवान, पूर्व सांसद डा. शोभाकर पराजुलीलगायतले पार्टी सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .