राजनीति


आउँदा ३ चुनावसम्म गठबन्धन अघि बढ्छ : प्रधानमन्त्री देउवा

आउँदा ३ चुनावसम्म गठबन्धन अघि बढ्छ : प्रधानमन्त्री देउवा

भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा सहभागी भएका प्रचण्ड र शेरबहादुर देउवा।


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १९:४४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन्। शनिबार चितवनकाे भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी  बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताए।

‘के कारणले हामीले ओलीजीलाई हटाउनुप¥यो, के कारणले लामो लडाईंपछि ल्याएको लोकतन्त्र, गणतन्त्रलाई स्थायी  बनाउनुप¥यो, त्यो सबै आइसकेको छ । अहिले राष्ट्र कता जाने हो,’ देउवाले अघि भने, ‘यो राष्ट्रमा एकातिर लडेर ल्याएको गणतन्त्र, प्रजातन्त्रलाई स्थायी रुपमा स्थापित गर्नुछ भने अर्कोतिर संघीय शासन व्यवस्था, समावेशी शासन व्यवस्था, हिमाल, पहाड मधेस र मेचीदेखि महाकालीसम्मको राष्ट्रलाई एकवद्ध बनाएर लैजाने हाम्रो प्रयासलाई झनै बढी एकतावद्ध बनाउने की कता जाने भन्ने लडाईं छ’

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए। उनले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको पनि बताए। 

‘अहिले जो गठबन्धनको सरकार बनेको छ, उहाँहरुले मलाई प्रधानमन्त्री बन्न मद्दत गर्नुभएको छ, त्यसैले आजको गठबन्धको सरकार छ । यो निर्वाचनमा चितवनमा गठबन्धनको जित हुनु अति आवश्यक छ । यो चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि विजय भएको हो। अहिले पनि चितवनबाट नै विजय भएको खण्डमा आउँदा ३ चुनाव जतिसम्म गठबन्धन अघि बढ्नेछ,’ देउवाले भने, ‘गठबन्धनको सरकार बनी एकता भएर अघि बढेमा नेपाल राष्ट्र सच्चा मानेमा समावेशी, समानुपातिक मात्रै होइन, राष्ट्रिय एकता पनि स्थापित हुनेछ। मध्यराति दुई बजे ओलीले संसद विघटन गर्नुभयो, दुईपल्ट, जबकी अहिलेको संविधानमा मनपरी तरिकाले संसद विघटन गर्ने अधिकार नै छैन।’ 

प्रधानमन्त्री देउवाले चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले विजयी हासिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .