राजनीति


काठमाडौं ९ मा पुरानैलाई छानेर पछुताउने क्रम तोडिन्छ : मिलन पाण्डे

काठमाडौं ९ मा पुरानैलाई छानेर पछुताउने क्रम तोडिन्छ : मिलन पाण्डे

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १२:५१, काठमाडौँ

काठमाडौँ क्षेत्र नं. ९ मा प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले यो चुनावमा ३१ वर्षदेखि उम्मेदवार बनेका प्रतिद्वन्द्वी कृष्णगोपाल श्रेष्ठको संसद् यात्रा रोकिने बताएका छन्। 

विभिन्न कलाकार र स्थानीयहरूसँग बुधवार बिहान कलङ्कीदेखि स्युचाटारसम्म ‘पाइला यात्रा’ गरेका पाण्डेले यस पटक काठमाडौं ९ बाट नयाँ सन्देश दिन पनि आफूलाई विजयी गराउन आग्रह गरे।

‘कृष्णगोपाल अङ्कल पहिलो चोटि चुनाव लड्दा म २ वर्षको बच्चा थिएँ। अहिले म आफैँ ३३ वर्षको भइसकेँ, मेरै दुई बच्चा छन्। तर अहिले ३१ वर्ष पछि पनि हाम्रो उम्मेदवार उहाँ नै हुनुहुन्छ,’ पाण्डेले भने। 

पछिल्लो स्थानीय चुनावमा धरान र काठमाडौँमा युवाहरुले जितेर परिवर्तनको सङ्केत गरे पनि क्षेत्र नं. ९ मा सधैँ पुरानैलाई छान्ने र पछुताउने क्रम यसपालि तोड्नुपर्ने उनको तर्क थियो।

कलङ्की मन्दिरबाट सुरु भएको यात्रा स्युचाटारकमा पुगेर कोणसभामा परिणत भएको थियो। 

कोणसभामा कलाकार तथा चलचित्र निर्माता रवीन्द्र सिंह बाँनिया र उम्मेदवार पाण्डेले सम्बोधन गरेका थिए। 

कलाकार बानियाँले आफू कलाकर्ममा भए पनि राजनीतिबाट निराश भएर अहिले पाण्डे जस्तै युवाहरूलाई संसद्मा पुर्‍याउने अभियानमा लागेको बताए।

पाण्डेलाई यसपालि यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएको छ। पाइला चुनाव चिन्ह लिएर काठमाडौँ ९ मा उठेका पाण्डेले एमालेका कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनबाट माओवादीकी कल्पना धमला प्रतिस्पर्धा गरिरहेका छन्। 

अघिल्लो संसदीय चुनावमा मिलन पाण्डे यस क्षेत्रमा लगभग ५००० भोट ल्याएर तेस्रो भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .