राजनीति


ठूला पार्टी पापीहरुले भरिएका छन्, यो निर्वाचनबाट हराउनुपर्छ : पशुपतिसमशेर जबरा

ठूला पार्टी पापीहरुले भरिएका छन्, यो निर्वाचनबाट हराउनुपर्छ  : पशुपतिसमशेर जबरा

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १९:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टीमुक्त बनाउने बताएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले बिहीबार साँखुमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका हुन्। 

उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको बताए। तर उनले देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको टिप्पणी गरे। 

राणाले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए। 

उनले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताए। 

‘मंसिर ४ गते एउटा ठूलो मौका छ। एउटा अवसर यो दुईवटा ठुला पार्टी पापीले भरेको पार्टीबाट मुलुक चोख्याउनुपर्छ  हामी सनातनधर्मी, हामी यो मुलुकप्रति इमान र धर्म राख्नेले ४ गते पापीबाट मुलुकलाई मुक्त गर्छौं', उनले भने, 'तिनीहरु पनि संसदमा होलान्। प्रजातन्त्र हो सबै संसदमा हुनुपर्छ। चाहे माओवादी, चाहे एमाले, चाहे मेरो ज्वाईको पार्टी। त्यसैले यो अवसर नेपालको भाग्य निर्माण गर्ने मौकामा राप्रपा चुक्दैन। हामीलाई बज्रयोगिनी देवीको आशिर्वाद छ। उहाँलाई ज्ञान छ, यो मुलुक जोगाउन, यसको संरक्षण गर्न संसदमा एउटै विकल्प राप्रपा हो । अब छिट्टै हामीहरु सबै गई त्यो संसद थर्काऔँ।’

कार्यक्रममा बोल्दै राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रमा ३३ वर्षदेखि आएको बजेटको फाइल पल्टाउने बताइन्। 

३३ वर्षदेखि सो क्षेत्रमा विकास हुन नसकेको भन्दै उनले क्षेत्रले आफूलाई नै कुरेको बताइन्। उनले क्षेत्र नं. २ बनाउन आफू आएको बताइन्। 

पोखरेलले आफ्ना प्रतिष्पर्धीमध्ये सांसद नभइकन नै आफूले युवा, महिला र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad