ad ad

राजनीति


कर्णालीका कुन जिल्लामा कति प्रतिशत मत खस्यो?

कर्णालीका कुन जिल्लामा कति प्रतिशत मत खस्यो?

सुर्खेतको गुर्भाकोट ८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का। तस्बिर : रासस


दिनेश बुढा
मंसिर ४, २०७९ आइतबार १२:४१, सुर्खेत

कर्णाली प्रदेशका १० वटै जिल्लामा धमाधा मतदान भइरहेको छ। 

हिमाली जिल्लामा चिसोका कारण मतदानमा केही समस्या भएको छ। कर्णालीका जिल्लामा औषमा करिब २० प्रतिशत आसपास मत मध्यान्ह १२ बजेसम्म

उता दैलेखको चामुण्डा विन्द्रासैनीको एक विद्यालयमा शंकास्पद वस्तु फेला परेपछि केही ढिलो गरि मतदान सुरु भएको थियो।

सबै जिल्लाका मतदान केन्द्रहरुमा बिहान ८ बजेदेखि मतदान सुरु भइसकेको निर्वाचन अधिकारीहरुले बताएका छन्। 

हुम्लाको सर्केगाडस्थित एउटा मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ। बिहान ११ बजेसम्म हरेक जिल्लामा १० देखि २० प्रतिशतको हाराहारीमा मतदान खसेको बताइएको छ। 

जस अनुसार हिमाली जिल्ला डोल्पामा ५, मुगुमा १८ र हुम्लामा २० प्रतिशत मत खसेको जिल्लाका निर्वाचन अधिकारीहरुले जनाएका छन् । 

सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ। 

सल्यानमा १ लाख ५७ हजार ७०१ मतदाता संख्या र २०२  मतदान केन्द्र रहेका छन्। रुकुम पश्चिमका निर्वाचन अधिकारी कुमारी रिमाल मल्लका अनुसार ११ बजेसम्म १५ हजार मत खसेको जानकारी दिइन्।

यहाँ १ लाख ४ हजार २८० मतदाता संख्या र १३९ मतदान केन्द्र रहेका छन्। 

यस्तै, जाजरकोट निर्वाचन कार्यालयको निर्वाचन अधिकारी नवीन कुमार कठाययत अनुसार ११ प्रतिशत मत खसेको छ। यहाँ १ लाख ३ हजार ३६३ मतदाता र १४२ मतदान केन्द्र रहेका छन्।

दैलेखमा १५ प्रतिशत मत खसेको छ। दैलेखमा १ लाख ५८ हजार ९५८ मतदाता संख्या र मतदान केन्द्र २८० रहेका छन्। 

यस्तै, सुर्खेतमा हालसम्म ४० प्रतिशतको हाराहारीमा मत खसेको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए। सुर्खेतमा २ लाख ४३ हजार ६१४ मतदाता र मतदान केन्द्र २९३ रहेका छन्। 

जुम्लामा हालसम्मको विवरण आउन बाँकी छ। कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता रहेका छन् भने झण्डै ८ देखि ९ लाख सम्म मत खस्ने आकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .