राजनीति


सञ्चार र परराष्ट्रमन्त्रीको क्षेत्रमा मतगणना ‘लफडा’

सञ्चार र परराष्ट्रमन्त्रीको क्षेत्रमा मतगणना ‘लफडा’

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्का।


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १२:१७, काठमाडौँ

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये अब ७ क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी छ। ती ७ क्षेत्रमध्ये एउटामा आगामी मंसिर १५ गते पुनः मगदान हुने भएको छ। दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगबाट भएको छ। बाजुरा र स्याङ्जा–२ मा मतगणना सुरु नै हुन सकेको छैन्। 

मतगणना सुरु भएका अन्य ४ क्षेत्रको पनि अन्तिम मतपरिणाम आइसकेको छैन्। सुनसरी–३ र ४, धनुषा–४ र उदयपुर–१ को अन्तिम मतपरिणाम आउन बाँकी भएको हो। सुनसरी–३ र धनुषा–४ मा मतगणना जारी छ। आयोगका अनुसार सोमबार अबेर वा मंगलबारसम्म यी दुई क्षेत्रको परिणाम आइसक्नेछ। 

तर, उदयपुर–१ र सुनसरी–४ मा भने मतगणना प्रक्रिया अन्यौलमा परेको छ। 

उदयपुर–१ मा आयोगको निर्देशन कुर्दै
उदयपुर–१ मा आइतबार बिहान १० बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि यहाँ विवाद सुरु भएको थियो।

यो परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस डा. नारायण खड्काको निर्वाचन क्षेत्र हो।

नेकपा एमालेले पुनः निर्वाचनको माग गरेको छ भने नेपाली कांग्रेसले मतगणना पुनः मतगणना सुचारू हुनुपर्ने अडान राखेको छ। उदयपुर–१ का मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार निर्वाचन आयोगको निर्देशन कुरिरहेको छ। 

आयोगलाई त्यहाँको अवस्थाबारे सम्पूर्ण विवरण सहित पत्र पठाइएको र आयोगको निर्देशन कुरेर आफूहरु बसिरहेको सुवेदीले नेपालखबलाई जानकारी दिए। 

सुनसरी–४ मा पनि आयोगकै निर्देशनको कुराइ
सुनसरी–४ सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो।

यहाँ मतगणनामा विवाद भएपछि मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।

त्यहाँका सम्पूर्ण विवरण उल्लेख गरेर निर्वाचन आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन गरिसकेको छ। मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अुनसार अहिलेसम्म आयोगले कुनै निर्देशन दिएको छैन्। आयोगले गरेको निर्णय अनुसार आफूहरु अघि बढ्ने बताउँदै अहिलेसम्म मतगणना सुरु नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .