ad ad

राजनीति


कांग्रेस नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले बोलाए बालुवाटार

कांग्रेस नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले बोलाए बालुवाटार

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १६:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि आह्वान गरेका छन्। शुक्रबार साँझ ६ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाइएको कांग्रेस महामन्त्री गगन कुमार थापाले जानकारी दिए। 

शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठक बस्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूसँग थप छलफल गर्न लागेका हुन्। 

कांग्रेसले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। यसबारे ठोस निष्कर्षमा पुग्नेगरी शुक्रबार साँझ छलफल हुनसक्ने नेताहरूको बुझाई छ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका थिए। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको टीओआर (कार्यादेश)मा सहमति नजनाउँदा बिहीबारको सहमति भाँडिएको थियो। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ। 

क्रबारको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दलका नेताहरूसँगको संवादपछि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .