गृह मन्त्रालयले दुई डीआईजीको सरुवा गरेको छ। आज (शुक्रबार) मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो।
पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो।
यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।
399
Shares

प्रतिक्रिया