सुदूरपश्चिम


पत्रकार खेम भण्डारी कारागार चलान

पत्रकार खेम भण्डारी कारागार चलान

नेपालखबर
असार १८, २०८३ बिहिबार २२:४०, काठमाडौँ

कन्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्।

गालीबेइज्जती सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको कन्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावलले जानकारी दिए। 

उनलाई उच्च अदालत दिपायलले २०८२ चैत २२ मा एक महिना ७ दिनको कैद सुनाएको थियो। त्यसअघि २०८२ जेठ १ मा जिल्ला अदालत बन्चनपुरले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एकलाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। 

यसमा चित्त नबुझाइ वादी उच्च अदालत गएका थिए। उच्च अदालतले जिल्लाको फैसलामा सात दिन कैद थप, २ हजार १०० जरिवाना थप र क्षतिपूर्ति जिल्लाकै एकलाख सदर गरेको थियो। 

सोही फैसला कार्यान्वयनका लागि उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका १८ पुष्पलालचोकबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो। जिल्ला अदालतले उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय कन्चनपुर पठाउन आदेश दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad