राजनीति


सरकार सञ्चालनमा राष्ट्रिय सहमतिलाई प्राथमिकतामा राखौं : कल्याण गुरुङ

सरकार सञ्चालनमा राष्ट्रिय सहमतिलाई प्राथमिकतामा राखौं : कल्याण गुरुङ

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ९:३७, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सरकार गठन गर्दा वा सञ्चालन गर्दा राष्ट्रिय सहमति र सहकार्यको आवश्यक्ता हुने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले देशमा सरकार पनि छ भन्ने वास्तविक अनुभूति सबैलाई दिलाउन राष्ट्रिय सहमति र सहकार्यको आवश्यक्ता रहेको बताएका हुन्। 

‘सरकारको गठन गर्दा  होस् वा सरकारको संचालन गर्दा होस्, राष्ट्रिय सहमति र सहकार्यलाई प्राथमिकतामा राखौं,’ गुरुङले भनेका छन्। 

‘राजनीतिक स्थिरताको लागि, सुशासनको लागि, शान्ति र अमनचैनको लागि, बहुदलिय लोकतन्त्रको संरक्षण र संवद्र्धनको लागि, दीगो आर्थिक समृद्धिको लागि, धेरै उद्योगहरुको संचालन गर्ने वातावरण निर्माणको लागि, स्वदेशी र विदेशी लगानी बढाउनको लागि, रोजगारीको सृजना र सुनिश्चितताको लागि, कानूनी शासन समानरूपमा हुनुपर्छ, गुरुङले भनेका छन्,‘सबै प्रकारको विभेद र अन्यायको अन्त्यको लागि, सबै प्रकारको भेदभाव, बहिष्करण र छुवाछुतको अन्त्यको लागि, सबै प्रकारको राजनीतिक, आर्थिक र सामाजिक असमानताको अन्त्यको लागि, गरिबहरुको शीघ्र उत्थानको लागि, कसैलाई काँखा र कसैलाई पाखा गर्ने अनुचित कार्य रोक्नको लागि, सामाजिक न्याय, सामाजिक सुरक्षा र जन कल्याणको लागि, अवसरहरुमा सबैको समान पहुँच पुर्याउनको लागि, देशमा सरकार पनि छ भन्ने वास्तविक अनुभूति सबैलाई दिलाउनको लागि, आवश्यक छ।’

राष्ट्रिय सहमति र सहकार्य नै उत्तम विकलप भएको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .