ad ad

राजनीति


गठबन्धन बैठकअघि प्रचण्ड भेट्न पुगे सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की

गठबन्धन बैठकअघि प्रचण्ड भेट्न पुगे सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की

फाइल।


नेपालखबर
मंसिर १९, २०७९ सोमबार १३:४६, काठमाडौँ

सत्ता गठबन्धनको बैठक अघि नेकपा माओवादी केन्द्र र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीबीच भेटवार्ता भएको छ।

उनीहरुबीच सोमबार बिहान खुमलटारमा भेटवार्ता भएको हो। सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। 

आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देव गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी केन्द्र १८ स्थानमा विजयी हुँदा नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकालेको छ। 

सत्ता साझेदार दलहरुसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) ले ४ र गठबन्धन दल राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .