ad ad

राजनीति


चौतर्फी दबाबपछि महाकालीको तटबन्ध विवादमा छलफलका लागि भारत तयार

चौतर्फी दबाबपछि महाकालीको तटबन्ध विवादमा छलफलका लागि भारत तयार

गोकुल जोशी
मंसिर २१, २०७९ बुधबार ९:९, कञ्चनपुर

दार्चुला घटनामा चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न तयार भएको छ। बुधबार नेपाली प्रशासन र भारतीय प्रशसनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने भएको छ। 

भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयका जिल्ला अधिकारी रीना जोशीले नेपाली प्रशसनसँग छलफल गर्ने भएकाले ‘आवश्यक सूचना’ सहित बैठकमा सहभागी हुन आफू मातहतका कार्यालयलाई पत्राचार गरिएको छ।

धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा नेपाली र भारतका स्थानीय प्रशासनसँग छलफल हुने छ। मंगलबार भारतीय अधिकारीले महाकाली नदीमा भइरहेको तटबन्ध निर्माणको कामको निरीक्षण गरेका थिए।

आइतबार महाकाली नदीको बहाव परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुलाका स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए।

त्यस क्रममा चार जना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए।

भारतीय ज्यादतीका विरुद्ध नेपालीहरु दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए। त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराएका थिए।

सो घटनापछि भारतीय पक्षले नेपालीलाई भारत प्रवेश गर्दा चेकजाँचमा कडाइ गरेको छ। विगतमा नेपाली प्रशासनसँग समन्वय नगरेरै एकलौटी तटबन्ध निर्माण गर्दा त्यसपछि नेपाली प्रशासनले गरेको पत्राचारको कुनै जवाफ नै आएको थिएन।

जनगणनाका लागि छाङरु जान मागेकोे बाटो प्रयोग अनुमति पनि भारतले दिएको थिएन। भारतीय ज्यादतीविरुद्ध स्थानीयको आक्रोश लगायतको दबाबमा भारत परेको छ। 

सरकारले पनि कूटनीतिक नोट पठाएको थियो। त्यसपछि बुधबार नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन छलफलमा बस्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .