नेकपा एमालेको बैतडी जिल्ला कमिटिले पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई पार्टीबाट निस्कासन गर्न पार्टीको सुदूरपश्चिम प्रदेश कमिटिलाई सिफारिस गरेको छ।
गएको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै चन्दलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्न जिल्ला कमिटिले सिफारिस गरेको हो। चन्द एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।
एमाले बैतडी जिल्ला कमिटीको बुधबार बसेको बैठकले चन्दलाई पार्टीबाट निस्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको अध्यक्ष सुरेन्द्र पालले जानकारी दिए।
चन्द एमालेका प्रदेश कमिटी सचिवालय सदस्यसमेत छन्। चन्दले असहयोग गर्दा बैतडीको प्रदेशसभा (ख)का एमाले उम्मेदवार लिलाधर भट्ट पराजित भएको आरोप लागेको छ।
141
Shares
प्रतिक्रिया