राजनीति


देउवाका पक्षमा वातावरण बनाउन एनपी साउदको दौडधुप

देउवाका पक्षमा वातावरण बनाउन एनपी साउदको दौडधुप

बुधबार चाक्सीबारीमा प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै एनपी साउद।


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १२:२, काठमाडौँ

नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको पक्षमा माहोल सिर्जना गर्न उनका विश्वास पात्रमध्ये एक नेता एनपी साउदले पनि भेटवार्तालाई तीव्रता दिएका छन्। 

कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साउदले पछिल्लोपटक  काठमाडौं–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।  

उनी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाहका साथ नेता सिंह भेट्न चाक्सीबारी पुगेका थिए। भेटवार्ता बुधबार भए पनि कांग्रेस नेतृ सिर्जना सिंहले बिहीबार मात्र तस्बिर सार्वजनिक गरेकी छन्। उनले ट्विटरमा तस्बिर साझा गर्दै लेखेकी छन्, ‘बधाई तथा शुभकामना आदानप्रदान,’ नेतृ सिंहले लेखेकी छन्। 

नेता साउदले बुधबार नै मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालासँग पनि भेट गरेको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उनले केही दिनअघि नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग पनि भेट गरेका थिए। 

तर, उनको सचिवालयले भेटघाटका क्रममा भएका कुराकानीबारे भने खुलाएको छैन। नेता साउदले शीर्ष तहका नेताहरूसँगको भेटवार्ताअघि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीसँग पनि छलफल गरेको भण्डारीनिकट स्रोतले जनाएको छ। 

देउवाका पक्षमा वातावरण बनाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर खड्का पनि सक्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .