राजनीति


संघीयताको औचित्य सकियो, अब देशले धान्न सक्दैन : विप्लव

संघीयताको औचित्य सकियो, अब देशले धान्न सक्दैन : विप्लव

फाइल तस्बिर


नेपालखबर
मंसिर २३ , काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन्। 

गृहजिल्ला कपिलवस्तुमै आयोजित एक साक्षात्कार कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा विप्लवले संघीयताबारे तिखो टिप्पणी गरेका हुन्। 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको साक्षात्कार कार्यक्रममा बोल्ने क्रममा उनले अब नेपालमा अहिले अभ्यास भइरहेको संघीयताभन्दा जनताको समानुपातिक संघीयताको खाँचो रहेको औँल्याए। 

'मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको परिणामले अहिलेका दलहरूको औचित्य पनि सकिएको पुष्टि गरेको छ', उनले भने, 'अझ बढ्दो आर्थिक संकटले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ।' 

महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए। उनले अब विशेष आर्थिक कार्यक्रम नल्याउने हो भने देश श्रीलंकाभन्दा ठूलो संकटमा जाकिने पनि उल्लेख गरे।

उनले मंसिर ४ को निर्वाचनको औचित्य नभएको पनि टिप्पणी गरे। ' मंसिर ४ को निर्वाचनले जनतामा खुसी दिएन', उनले भने, 'अब अहिलेको अभ्यासको संघीयता र निर्वाचन प्रणालीको पनि औचित्य सकिएको छ।'

महासचिव विप्लवले आफूहरुसँग तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको तीन बुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गरेका छन्। 

विप्लवसहितका साना कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन बहिष्कार गरेका थिए। उनीहरुले यो संसदीय व्यवस्थाको निर्वाचनले देशलाई झन् लुट्ने भन्दै निर्वाचनमा भाग लिएका थिएनन्। 

मंसिर २३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.