ad ad

राजनीति


कार्यसम्पादन बैठकको पूर्वसन्ध्यामा देउवा र कोइरालाबीच बालुवाटारमा वार्ता

कार्यसम्पादन बैठकको पूर्वसन्ध्यामा देउवा र कोइरालाबीच बालुवाटारमा वार्ता

फाइल।


नेपालखबर
मंसिर २४, २०७९ शनिबार १०:४६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि देउवा र कोइरालाबीच भेट भएको हो। 

उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। 

कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो। तर अरिुन्त समयमा बैठक सारेर बिहान साढे ९ बजेका लागि बोलाइएको थियो। 

निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन हो। राजनीतिक दलहरुले समानुपातिक सांसदको सूची टुंगो लगाउन आज बैठकहरु बोलाएको छ।

अहिले पार्टी केन्द्रीय कार्यालय सोनपामा बैठक जारी छ। मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुन परेपछि कार्यसम्पादन बैठक अघि सारिएको हो। 

मानवअधिकार आयोगको कार्यक्रम दिउँसो पौने २ बजे हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .