राजनीति


कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची बनाउने जिम्मा देउवालाई

कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची बनाउने जिम्मा देउवालाई

फाइल।


नेपालखबर
मंसिर २४, २०७९ शनिबार १३:५३, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरुको अन्तिम सूची बनाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई अन्तिम सूची बनाउने जिम्मा दिएको हो। 

निर्वाचन आयोगले दिएको समयसीमा अनुसार आजै ४ बजेभित्र दलहरुले समानुपातिक सांसदहरुको सूची बुझाउनपर्ने छ। सोही निर्णय लिनका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको थियो। 

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सूची अन्तिम बनाएर आयोगलाई बुझाउने जिम्मा देउवालाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

समितिमा आवश्यक परामर्श सहित सभापति देउवाले नै निर्णय लिने उनले बताए। साथै, आजै यसबारे निर्णय हुने उनले जानकारी दिए। ‘पार्टी सभापतिले निर्णय लिने भनेर कार्यसम्पादन समितिको बैठकले निर्णय लिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .