राजनीति


एकनाथबारे भीम रावलको व्यंग्य : अर्कै दलको अध्यक्ष एमालेको सांसद्, क्या चमत्कार!

एकनाथबारे भीम रावलको व्यंग्य : अर्कै दलको अध्यक्ष एमालेको सांसद्, क्या चमत्कार!

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १७:९, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाइएकोमा आपत्ति प्रकट गरेका छन्। 

एमालेले अर्कै दलका अध्यक्ष ढकाललाई चुनावी तालमेलका नाममा समानुपातिकबाट सांसद बनाउने निर्णय गरिसकेको छ।

विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध भनिएका ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन्। 

ढकालले नेपालमा युनिफिकेशन चर्चको सम्मेलन राखेर प्रधानमन्त्रीदेखि कयौँ नेताहरुलाई होली वाइन खुवाएको आरोप छ। विवादित पृष्ठभूमिका ढकाललाई एमालेकै सांसदमा रुपमा सिफारिस गरेपछि चर्को विरोध भइरहेका बेला रावल पनि बोलेका हुन्। 

'अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ', उनले भनेका छन्, 'परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ। एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार! राजनीतिमा नैतिकताको खडेरी! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad