राजनीति


बहुमत जुटाउने नाममा देउवाले फेरि सुरा-सुन्दरीकै बाटो समाते : भीम रावल

बहुमत जुटाउने नाममा देउवाले फेरि सुरा-सुन्दरीकै बाटो समाते : भीम रावल

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १४:६, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले शेरबहादुर देउवा नेतृत्वको सरकार विगतकै जस्तो विकृतिको आहालमा डुब्ने दिशामा अघि बढेको बताएका छन्। 

बहुमत जुटाउने नाममा मुलुकी फौजदारी संहिता कार्यविधि संशोधन गरेर टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहितलाई छुटाउन खोजिएपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन्। 

उनले देउवाले विगतमा पनि प्रधानमन्त्री पदकै लागि अनेक काण्ड गराएको स्मरण गराएका छन्।

रावलले विगतमा सांसदलाई सुरा-सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएर जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएको पनि उल्लेख गरेका छन्। 

'विगतमा प्रधानमन्त्री पदकै लागि सांसदलाई सुरा-सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रिमण्डल बनाएको भनी शेरबहादुर देउवाको व्यापक विरोध भएको बिर्सेझैँ गरी चुनावपछि अर्को सरकार बन्नुपर्ने बेला निहीत स्वार्थमा अध्यादेश ल्याउन खोज्नु गठबन्धन सरकारको देश र जनताप्रतिको धोका हो', उनले भनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .