राजनीति


थारु र मुस्लिमलाई मधेशीबाट हटाउने आयोगको निर्णय

थारु र मुस्लिमलाई मधेशीबाट हटाउने आयोगको निर्णय

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १३:४८, काठमाडौँ

मधेशी आयोगले थारु र मुस्लिम समुदायलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। 

आयोगले मंसिर २० गते बैठकबाट नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताए।

मधेशी आयोगको निर्णय कार्यन्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको बताउँदै आएका थिए। 

उनीहरुको पहिचान मधेशी समुदायसँग नमिल्ने भएकाले मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए। 

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तका अनुसार उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको बताएका छन्।

मधेशी आयोगले २०७८/७९ को वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिमसहित १४९ जातलाई मधेशीको रुपमा सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .